बारा, १० भदौ । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा सरकारले थप उद्धार सामग्री र सुरक्षा टोली परिचालन गरेको छ।
बाढी प्रभावित नागरिकको खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिन गृहमन्त्री सुधन गुरुङ स्वयं त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को संयुक्त टोलीलाई आवश्यक निर्देशनसहित ब्रिफिङ गरे्का छन्।
गृहमन्त्री गुरुङले उद्धार कार्यलाई थप प्रभावकारी र द्रुत बनाउन तीनवटै सुरक्षा निकायबीच चुस्त समन्वय हुनुपर्नेमा जोड दिँदै विपद्को घडीमा तत्काल राहत र खोज कार्यमा खटिन निर्देशन दिएका छन्।
भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गर्दै सरकारले प्रभावित क्षेत्रमा हेलिकप्टर र आवश्यक उद्धार सामग्री पठाइसकेको छ।



