Thursday, August 27, 2026

रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

Advertisement
Advertisement Advertisement

काठमाडौं,११ भदौ । रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रका समुदायले जनधनको क्षति, विस्थापन तथा अत्यावश्यक सेवामा आएको अवरोधका कारण कठिन परिस्थितिको सामना गरिरहेका छन्।

बाढी प्रभावित क्षेत्रमा जारी राहत तथा प्रतिकार्य प्रयासमा सहयोग पुर्‍याउन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ‘अन्तरनिकाय आपत्कालीन स्वास्थ्य किट’ उपलब्ध गराएको छ। उक्त किटमा १० हजार जनासम्मलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न पुग्ने औषधि तथा आवश्यक स्वास्थ्य सामग्री** समावेश छन्।

त्यसैगरी, प्रभावित समुदायमा स्वास्थ्य सेवा प्रवाहलाई निरन्तरता दिन सहयोग गर्ने उद्देश्यले छ वटा बहुउद्देश्यीय टेन्ट समेत उपलब्ध गराइएको छ।

उपलब्ध गराइएका स्वास्थ्य सामग्री तथा टेन्टहरू बाढी प्रभावित क्षेत्रमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रदान गरिएको हो। यसबाट प्रभावित नागरिकका तत्कालीन स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न तथा आधारभूत स्वास्थ्य सेवा सञ्चालनलाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

डब्लुएचओले विकसित हुँदै गएको परिस्थितिको निरन्तर मूल्याङ्कन गर्दै आपत्कालीन स्वास्थ्य सेवामा आवश्यक सहयोग गर्न स्वास्थ्य निकाय तथा साझेदार संस्थाहरूसँग समन्वय गरी काम गरिरहेको जनाएको छ।

बाढी प्रभावित नागरिकले कठिन परिस्थितिमा पनि आवश्यक स्वास्थ्य सेवा निरन्तर प्राप्त गर्न सकून् भन्ने सुनिश्चितताका लागि डब्लुएचओले सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर