बारा, १४ भदौ । बाराको निजगढ नगरपालिका वडा नं. ९ स्थित बकैया पुल नजिकै पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार भदौ १३ गते राति करिब ९:१० बजेको समयमा सोही दिशातर्फ जाँदै गरेको ना ५ ख ७८०५ नम्बरको ट्रकको पछाडि ना ४८ प ५१११ नम्बरको मोटरसाइकल ठोक्किँदा उक्त दुर्घटना भएको थियो।
दुर्घटनामा परी जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ११ बस्ने २४ वर्षीय मोटरसाइकल चालक अभिषेक चौधरीको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।
गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि वीरगञ्जस्थित मेडिसिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा गए राति नै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।



