Sunday, August 30, 2026

शव व्यवस्थापनबारे फेसबुकमा सुझाव दिएका सहसचिव निरौलालाई रसुवाको टिमुरे सरुवा

Advertisement
Advertisement Advertisement

बारा, १४ भदौ । संघीय सरकारले कोशी प्रदेशका सचिव कोषहरि निरौलालाई रसुवाको टिमुरे क्षेत्रमा शव व्यवस्थापनको जिम्मेवारी दिँदै काजमा खटाएको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई उक्त जिम्मेवारी सुम्पेको हो।

यो निर्णय निरौलाले सामाजिक सञ्जाल फेसबुकमा सरकारलाई लक्षित गरी लेखेको एक विचारोत्तेजक स्टाटसलगत्तै आएको हो। शनिबार फेसबुकमा ‘फोकटको सल्लाह’ शीर्षक दिँदै उनले कोभिड–१९ महाव्याधिको समयमा मोरङको प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहँदाको अनुभव सेयर गरेका थिए। उक्त पोस्टमा निरौलाले नेपालको सन्दर्भमा धार्मिक र सांस्कृतिक परम्परा अनुसार नै अन्तिम संस्कार गर्न पाउनुपर्ने तर्क राख्दै विपद्का बेला शव गाड्ने कार्य उपयुक्त नहुने धारणा व्यक्त गरेका थिए।

आफ्नो स्टाटस सार्वजनिक भएको भोलिपल्टै मन्त्रालयले उनलाई टिमुरे खटाउने निर्णय गरेपछि प्रशासनिक वृत्तमा यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ। विवाद उत्पन्न भएपछि निरौलाले उक्त फेसबुक पोस्ट हटाइसकेका छन्।

पछिल्लो समय रसुवाको टिमुरे क्षेत्रमा बाढी तथा विपद्का कारण ठूलो मानवीय क्षति भएकाले सोही स्थानमा उद्धार र शव व्यवस्थापनलाई प्रभावकारी बनाउन निरौलालाई जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर