Sunday, August 30, 2026

रसुवा बाढी: बाराका थप दुई जना परिवारको सम्पर्कमा आए

Advertisement
Advertisement Advertisement

बारा, १४ भदौ । रसुवा जिल्लामा आएको भीषण बाढीका कारण बेपत्ता तथा सम्पर्कविहीन भएका बारा जिल्लाका २८ जनामध्ये थप दुई जना गरी हालसम्म तीन जना सकुशल सम्पर्कमा आएको जानकारी प्राप्त भएको छ। 

सम्पर्कमा आउनेहरूमा बाराको कलैया उपमहानगरपालिका–२२ धोघा निवासी सत्य प्रकाश राम, सुवर्ण गाउँपालिका–३ निवासी शिक्षक रुपेश गुप्ता र जितपुरसिमरा उपमहानगरपालिका–१२ का नेपाली सेनामा कार्यरत रोवित कुमार साह रहेका छन्।

जिल्ला प्रशासन कार्यालय बाराका अनुसार सत्य प्रकाश राम घर आइपुगेका हुन् भने शिक्षक गुप्ता र सेनाका जवान साह पनि सोही दिन परिवार तथा आफन्तको सम्पर्कमा आइसकेका छन्। 

अझै पनि बारा जिल्लाका विभिन्न पालिकाका २५ जना सम्पर्कविहीन नै रहेकाले उनीहरूको खोजी तथा उद्धार कार्य जारी राखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर