Monday, August 31, 2026

भोटेकोशी बाढी: हाल सम्म ९०३ जनाको मृत्यु , चार हजारभन्दा बढी सम्पर्कविहीन

Advertisement
Advertisement Advertisement

बारा, १५ भदौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ९०३ जनाको मृत्यु भएको पुष्टि भएको छ।

यसैगरी, बाढीमा परेर २६७ जना घाइते भएका छन् भने करिब चार हजार ३४७ जना अझै सम्पर्कविहीन रहेका छन्। बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी (पूर्व र पश्चिम), तनहुँ तथा चितवन लगायतका जिल्लाहरूमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। 

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी कुल २० हजार ८९९ सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। हालसम्म जोखिममा परेका १० हजार ४५९ जना नागरिकको सफल उद्धार गरिएको छ।

साथै, नेपाली सेनाले हेलिकप्टरमार्फत ४११ पटक हवाई उडान गरी तीन हजार ३४४ नेपाली नागरिक र २५२ जना विदेशी पर्यटकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर