Monday, August 31, 2026

रसुवा बाढीपीडितका लागि रोयल रौनियार ग्रुपद्वारा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग

Advertisement
Advertisement Advertisement

बारा, १५ भदौ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रोयल रौनियार ग्रुपले ११ लाख ११ हजार १११ रुपैयाँ ११ पैसा आर्थिक सहयोग गरेको छ।

ग्रुपअन्तर्गतको शिवशक्ती एग्रो एण्ड फुड्स इन्डस्ट्रीज प्रा.लि.का सञ्चालक एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका नेता उमाशंकर साह रौनियारसहित रौनियार परिवारका समाजसेवीहरू विश्वनाथ साह रौनियार, रामनिवास रौनियार, शेषनाथ रौनियार, सन्तोष रौनियार र अशोक रौनियारले संयुक्त रूपमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेका हुन्।

प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भोगिरहेका प्रभावित नागरिकलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले सहयोग प्रदान गरिएको सञ्चालक रौनियारले जानकारी दिए।

बाढीका कारण भोटेकोसी तटीय क्षेत्रमा ठूलो विनाश भएपछि देश-विदेशमा रहेका विभिन्न संघसंस्था, व्यवसायी तथा समाजसेवीहरूले उद्धार र राहत सहयोगलाई तीव्रता दिइरहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर