बारा, १५ भदौ । वीरगञ्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
भदौ १३ गते राति अस्पतालमा शल्यक्रियामार्फत जन्मिएको नवजात शिशु (बालक) लाई खेलाउने बहानामा अनाधिकृत रूपमा लिएर फरार भएकी वीरगञ्ज महानगरपालिका–१६ बस्ने २७ वर्षीया सबिना खातुनलाई जिल्ला प्रहरी कार्यालय पर्साको विशेष टोलीले पक्राउ गरेको हो।
प्रहरीले भदौ १५ गते दिउँसो १ बजे चोरी भएको शिशुको सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ भने पक्राउ परेकी खातुनमाथि थप अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ।
पीडित सुत्केरी महिलाको गोपनीयताको हकको ख्याल गर्दै यसअघिको समाचारमा उल्लेखित पीडितको नाम हटाइएको छ। यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमायाचना गर्दछौँ। — सम्पादक




