बारा, १६ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति, बेपत्ताहरूको खोजी, उद्धार, राहत वितरण तथा प्रभावितहरूको दीर्घकालीन पुनःस्थापनाका विषयमा छलफल गर्न मंगलबार सर्वदलीय बैठक बस्दैछ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलका अनुसार बैठक दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आयोजना गरिएको हो।
बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन र आगामी पुनःस्थापनाका लागि राजनीतिक दलहरूबीच साझा रणनीति तय गर्ने उद्देश्यले उक्त बैठक बोलाइएको जनाइएको छ।




