Wednesday, September 2, 2026

विश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, एक किशोर पक्राउ

Advertisement
Advertisement Advertisement

बारा,१६ भदौ । बाराको विश्रामपुर गाउँपालिका–३ मुसहर्वाका ११ वर्षीय बालक राजेश कुमार साहको अपहरणपछि भारतमा हत्या भएको खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँका १७ वर्षीय एक जना किशोरलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार भदौ ९ गते बिहान करिब ९ बजे हराएका राजेशको खोजीका क्रममा भदौ ११ गते बिहान करिब १०ः३० बजे भारतको बिहार, मोतिहारी जिल्ला, नुनियाडी पञ्चायत–१ स्थित सिंहा नदी किनारमा शव फेला परेको थियो।

बालक हराएको सूचना प्राप्त भएपछि प्रहरी चौकी मुसहर्वाले तत्काल खोजतलास सुरु गरेको थियो। घटनाको अनुसन्धानका क्रममा संकलित सीसीटीभी फुटेज, स्थानीयवासीको भनाइ तथा भारतीय प्रहरीसँगको समन्वयबाट बालकलाई विश्रामपुरबाट अपहरण गरी भारत लगेर हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा १७ वर्षीय किशोर परिवर्तित नाम (A) ०८३/८४ लाई पक्राउ गरी अपहरण तथा कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरेको छ।

पक्राउ परेका किशोरलाई जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको बाराका सूचना अधिकारी मीन बहादुर घलेले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर