Wednesday, September 2, 2026

सितलपुरमा बाँसको पात टिप्न गएकी १५ वर्षीया किशोरीको लडेर मृत्यु

Advertisement
Advertisement Advertisement

बारा, १६ भदौं। बाराको कलैया उपमहानगरपालिका–१२, शीतलपुरमा बाँसबाट लडेर गम्भीर घाइते भएकी १५ वर्षीया किशोरीको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा शीतलपुर निवासी राजेन्द्र मण्डलकी १५ वर्षीया छोरी अञ्जली कुमारी रहेकी छन्।

प्रहरीका अनुसार हिजो भदौ १५ गते दिउँसो करिब ४ बजे गाईवस्तुका लागि बाँसको पात टिप्न गएकी अञ्जली बाँसबाट लडेकी थिइन्। लडेर गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो।

अवस्था गम्भीर भएपछि थप उपचारका लागि सोही दिन राति करिब ८ बजेर १० मिनेटमा वीरगन्जस्थित नारायणी मेडिकल कलेज (NMC) लगिएको थियो। अस्पतालमा चिकित्सकले जाँच गर्दा उनको मृत्यु भइसकेको घोषणा गरेका थिए।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी चौकी मटिअर्वाबाट प्रहरी टोली घटनास्थल तथा अस्पतालमा खटिएको थियो।

मृतकको शव भदौ १६ गते आवश्यक मुचुल्का पश्चात् पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको थियो। पोस्टमार्टम सम्पन्न भएपछि सोही दिन दिउँसो करिब १२ बजेर २५ मिनेटमा मृतकका दाइ राजाबाबु मण्डलले शव बुझेर लगेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर