Wednesday, September 2, 2026

प्रतिनिधिसभामा प्रधानमन्त्री बालेनको सम्बोधन“यो सिंगो नेपालको छातिमा परेको बज्रपात हो”

Advertisement
Advertisement Advertisement

बारा, १७ भदौ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले रसुवामा आएको विनाशकारी बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै यसलाई सिंगो नेपाल र नेपालीको साझा पीडा भएको बताएका छन् ।

आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले बाढी र पहिरोले पुर्‍याएको क्षति केवल रसुवा, नुवाकोट वा धादिङको मात्र नभई सम्पूर्ण देशको छातीमा परेको बज्रपात भएको उल्लेख गरे ।

आफन्त हराएर बाटो हेरिरहेका नागरिकहरूको वेदनालाई सरकारले गम्भीरताका साथ महसुस गरेको बताउँदै उनले यस्तो विपद्को घडीमा कसैलाई पनि थकित भएर विश्राम लिने वा एक आपसमा विलौना गरेर बस्ने छुट नरहेको स्पष्ट पारे । 

प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रहरूमा खोजी, उद्धार, र राहत कार्यलाई अझ तीव्र र प्रभावकारी बनाउन सरकार निरन्तर खटिरहेको जानकारी दिए । शोक र पीडालाई शक्तिमा बदलेर राज्यका सम्पूर्ण संयन्त्रहरूलाई नागरिकको सेवामा परिचालन गरिएको उनको भनाइ थियो ।

उनले विपद्को यो कठिन समयमा राजनीतिक दल, जनप्रतिनिधि र आम नागरिकहरूलाई संयमित भई एकताबद्ध भएर पुनरुत्थान तथा राहत कार्यमा जुट्न आह्वान समेत गरे ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर