Wednesday, September 2, 2026

बारामा तीन मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

Advertisement
Advertisement Advertisement

बारा, १७ भदौ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित ढुङ्ग्रे पुल नजिक पूर्व–पश्चिम राजमार्गमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बुधबार दिउँसो पथलैयाबाट चन्द्रपुरतर्फ जाँदै गरेको बा.प्र.–०६–००८ प ३२३० नम्बरको मोटरसाइकल र सुनसरीबाट पोखरातर्फ जाँदै गरेका ग १४ प २४१ र ग १६ प ५७८१ नम्बरका मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बा.प्र.–०६–००८ प ३२३० नम्बरको मोटरसाइकल चालक चितवनको खैरहनी नगरपालिका–६ का ४६ वर्षीय रञ्जन शर्मा पौडेल गम्भीर घाइते भएका थिए। टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेका पौडेललाई उपचारका लागि एलएस न्युरो अस्पताल परवानीपुर लगिएकोमा दिउँसो चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

त्यस्तै, ग १४ प २४१ नम्बरको मोटरसाइकल चालक सुनसरीको वरजु गाउँपालिका–५ का २७ वर्षीय खगेन्द्र पण्डित र ग १६ प ५७८१ नम्बरको मोटरसाइकल चालक सोही स्थानका २५ वर्षीय रामशरण पण्डित घाइते भएका छन्। उनीहरू दुवैको ढाड, खुट्टा र हातमा चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन्।

उनका अनुसार दुर्घटनापछि प्रहरी चौकी पथलैयाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक युवराज दाहालको कमाण्डमा चार जना, जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक हरि भट्टराईको कमाण्डमा चार जना तथा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको कमाण्डमा पाँच जनाको टोली घटनास्थलमा खटिएको थियो।

दुर्घटनामा संलग्न तीनवटै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको बाराका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर