बारा, १८ भदौं। सरकारले आगामी भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको घटनाको स्मरण गर्दै जेनजी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले शहीदहरूको सम्मानस्वरूप यो बिदा दिने निर्णय गरिएको बताएका छन्।




