Monday, October 5, 2026

देवताल गाउँपालिकाका सामुदायिक विद्यालयमा शोक बिदा

Advertisement
Advertisement

बारा, १९ असोज। देवताल गाउँपालिकामा दुई जना छात्राको पोखरीमा डुबेर मृत्यु भएपछि गाउँपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा शोक बिदा दिइने भएको छ।

देवताल गाउँपालिका–स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रौवाहीमा कक्षा ५ मा अध्ययनरत दुई जना छात्राको जितिया पर्वका दिन पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको विद्यालयले जनाएको छ।

दुई छात्राको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित गाउँपालिकाको शिक्षा शाखाले २०८३ असोज १९ गते सोमबार देवताल गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयमा शोक बिदा दिने निर्णय गरेको हो।

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रौवाहीले शोक बिदासम्बन्धी निर्णयबारे जानकारी गराएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर