Monday, October 5, 2026

नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिने फरमुल्लाह मन्सुरको घोषणा

Advertisement
Advertisement

बारा, १९ असोज । नेपाली कांग्रेसका नेता फरमुल्लाह मन्सुरले पार्टीको आसन्न महाधिवेशनका लागि उपसभापति पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै मन्सुरले नेपाली कांग्रेसको विचार, सिद्धान्त, संगठन र लोकतान्त्रिक मूल्यप्रतिको आफ्नो लामो राजनीतिक यात्रालाई थप जिम्मेवार ढंगले अगाडि बढाउने संकल्प व्यक्त गरेका छन्।

दशकौँ लामो राजनीतिक यात्रामा अनेकौँ चुनौती र संघर्ष सामना गरेको उल्लेख गर्दै उनले आफ्नो विगतको अनुभवलाई पार्टी संगठन सुदृढीकरण, कार्यकर्ताको सम्मान, समावेशिता र कांग्रेसको भावी रूपान्तरणका लागि उपयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर