Tuesday, October 20, 2026

बघवनमा ८० वर्ष पार गरेका २२ जना ज्येष्ठ नागरिक सम्मानित

Advertisement
Advertisement

बारा, ०३ कात्तिक । बाराको कलैया उपमहानगरपालिका–१४, बघवनमा आयोजित दुर्गा पूजाको अन्तिम दिन विजया दशमीको अवसर पारेर ८० वर्ष उमेर पार गरेका २२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ।

बघवन दुर्गा पूजा समितिले आयोजना गरेको कार्यक्रममा महिला तथा पुरुष ज्येष्ठ नागरिकहरूलाई फूलमाला लगाएर र एक थान वस्त्र प्रदान गरी सम्मान गरिएको हो।

कार्यक्रममा समिति अध्यक्ष रमेश कुमार ठाकुरले ज्येष्ठ नागरिक समाजका अमूल्य सम्पत्ति र अनुभवका स्रोत भएको बताउनुभयो। उहाँहरूलाई सम्मान गर्दा वर्तमान पुस्ताले प्रेरणा लिनुका साथै उहाँहरूको जीवन अनुभव, ज्ञान र संस्कारबाट सिक्ने अवसर प्राप्त हुने उहाँको भनाइ थियो।

अध्यक्ष ठाकुरले ज्येष्ठ नागरिकको सम्मान गर्नु भनेको समाजको अनुभव, संस्कार र योगदानको सम्मान गर्नु भएको उल्लेख गर्दै ज्येष्ठ नागरिकको सम्मान नै भगवान्को पूजा गरेसरह भएको बताउनुभयो।

उहाँले समाजमा ज्येष्ठ नागरिकप्रति सम्मान, माया र सद्भावको भावना विकास गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

विजया दशमीको पावन अवसरमा आयोजित यस सम्मान कार्यक्रमले ज्येष्ठ नागरिकप्रति आदरभाव प्रकट गर्नुका साथै नयाँ पुस्तामा सामाजिक सद्भाव, मानवीय मूल्य र संस्कारको सन्देश दिएको छ।

ज्येष्ठ नागरिकको सम्मान र संरक्षण परिवार तथा समाजको साझा जिम्मेवारी हो भन्ने सन्देशसहित सम्पन्न कार्यक्रमले बघवन गाउँमा आपसी एकता र पुस्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर