बारा, ०३ कात्तिक । आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलामा सहभागी भई नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आज स्वदेश फर्किएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का प्रतिनिधि तथा प्रशंसकहरूले भव्य स्वागत गरेका थिए।
ओमान र क्यानडा सम्मिलित उक्त त्रिदेशीय शृङ्खलामा नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै चारमध्ये तीन खेलमा शानदार जित हासिल गरेको थियो।
शृङ्खलाका तीन खेल जितेर महत्त्वपूर्ण अङ्क जोड्न सफल भए तापनि विश्वकप लिग–२ को तालिकामा शीर्ष छ भित्र रहँदै एकदिवसीय (ओडीआई) मान्यता कायम राखेको छ।





