बारा, ०४ कात्तिक । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विजयादशमीका अवसरमा आज बिहान शुभसाइतमा टीका, प्रसाद र जमरा ग्रहण गरेका छन्।
लैनचौरस्थित उपराष्ट्रपति भवनमा बिहान १० बजेर २६ मिनेटको उत्तम साइतमा उनले आफ्ना गुरुपुरोहितको हातबाट विजयादशमीको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्नुभएको उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए।
गुरुपुरोहितबाट टीका ग्रहण गरेपश्चात् उपराष्ट्रपति यादवले आफ्ना परिवारका सदस्यहरूलाई पनि विजयादशमीको टीका, जमरा तथा आशीर्वाद प्रदान गरेका थिए।





