Thursday, October 29, 2026

एनपिएलमा आज जनकपुर र काठमाडौं भिड्दै, बाराका चार खेलाडीमाथि नजर

Advertisement
Advertisement

बारा, १२ कात्तिक। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन्।

यस खेलमा बाराका चार खेलाडीको प्रदर्शनमाथि पनि विशेष नजर रहनेछ। जनकपुर बोल्ट्सबाट अनिल साह र तृथराज दास खेल्दैछन् भने काठमाडौं गोर्खाजबाट आदिल आलम र साहिल पटेल रहेका छन्। जिल्लाका यी खेलाडीका लागि आफ्नो प्रतिभा देखाउँदै टोलीको जितमा योगदान पुर्‍याउने अवसर हुनेछ।

जनकपुर र काठमाडौंको सम्भावित प्लेइङ–११

जनकपुर बोल्ट्स: अनिल साह (विकेटकिपर), मयन यादव, तृथराज दास, जेम्स निसम, हरमीत सिंह (कप्तान), अमर सिंह रौतेला, ललित राजवंशी, आदित्य महता, विकास आग्री, राहुल यादव र सैफ हसन।

काठमाडौं गोर्खाज: भीम सार्की, केएस भरत (विकेटकिपर), सहान अराच्चिगे, विलियम बोसिस्टो, सन्तोष यादव, आदिल आलम, करण केसी (कप्तान), राशिद खान, दयानन्द मण्डल, सोनु देवकोटा र साहिल पटेल ‌।

पुरानो रेकर्डमा काठमाडौंको जित

गत संस्करणमा भएको पछिल्लो भेटमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गरेको थियो। उक्त खेलमा जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको थियो। जवाफमा काठमाडौंले १८ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।

यसअघिको नतिजाले काठमाडौंलाई मनोवैज्ञानिक लाभ दिन सक्ने भए पनि आजको खेलमा दुवै टोलीको प्रदर्शन नयाँ हुनेछ। जनकपुर पुरानो हारको बदला लिने प्रयासमा हुनेछ भने काठमाडौं आफ्नो जितको लय कायम राख्न चाहन्छ।

बाराका खेलाडीमा विशेष चासो

जनकपुरका अनिल साहबाट ब्याटिङमा राम्रो सुरुआतको अपेक्षा हुनेछ। तृथराज दासले पनि अवसर पाए टोलीको ब्याटिङलाई बलियो बनाउन सक्नेछन्। काठमाडौंका आदिल आलमले ब्याटिङ तथा बलिङमा योगदान दिन सक्ने सम्भावना छ। साहिल पटेलको सहभागिता भने अन्तिम टोलीमा निर्भर रहनेछ।

समग्रमा, जनकपुर र काठमाडौंबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ। बाराका खेलाडीको प्रदर्शन, ब्याटिङ साझेदारी र बलिङको प्रभावकारिताले खेलको नतिजामा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर