Friday, October 30, 2026

बारामा सालको गोलिया काठसहित चार थान साइकल बरामद

Advertisement
Advertisement

बारा १३ कात्तिक । बाराको कोल्हवी नगरपालिकास्थित बालुवा गाउँको उत्तरी क्षेत्रमा वन कर्मचारीले चार थान सालको गोलिया काठ र चार थान साइकल बरामद गरेका छन्।

मधुवन सबडिभिजन वन कार्यालय, नयाँबस्तीबाट खटिएको वन कर्मचारीको टोलीले राति करिब २ बजे एम्बुस थापेर निगरानी गर्ने क्रममा जंगलबाट सालको गोलिया काठ तस्करी भइरहेको अवस्थामा उक्त सामग्री बरामद गरेको डिभिजनल बन अधिकृत सुजित कुमार झाले जानकारी दिए ।

वन कर्मचारीलाई देखेपछि काठ तस्करीमा संलग्न व्यक्तिहरू काठ छाडेर फरार भएका थिए। उनीहरूलाई नियन्त्रणमा लिन खोजिए पनि अँध्यारोको फाइदा उठाउँदै भाग्न सफल भएको जनाइएको छ।

वन कर्मचारीले घटनास्थलबाट चार थान सालको गोलिया काठ र चार थान साइकल बरामद गरेको मधुवन सबडिभिजन वन कार्यालयका रेञ्जर उदय पुडासैनीले जानकारी दिए । बरामद काठ २१.४१ क्युफिटको रहेको उनले बताए ।

घटनाबारे थप अनुसन्धान तथा काठ तस्करीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको डिभिजन बन कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर