Thursday, November 5, 2026

चुरियामाई मन्दिर नजिकै ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चालक घाइते

Advertisement
Advertisement

बारा, १९ कात्तिक । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिकै हेटौँडा–पथलैया सडक खण्डमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

आज बेलुकी करिब १७:३५ बजेको समयमा वीरगन्जबाट धादिङतर्फ जाँदै गरेको ना ६ ख १४५८ नम्बरको कोइला लोड ट्रक र हेटौँडाबाट रौतहटतर्फ आउँदै गरेको प्र.२–०३–००९ प ७९११ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार सर्लाहीको बसबरिया गाउँपालिका–३ बस्ने अन्दाजी २१ वर्षीय निराजन यादव गम्भीर घाइते भएका थिए। उनलाई बेलुकी १८:३० बजे उपचारका लागि जिल्ला अस्पताल हेटौँडा पुर्याइएकोमा चिकित्सकले जाँच तथा इसिजी गर्दा १८:३९ बजे मृत घोषणा गरेका थिए।

यस्तै, दुर्घटनामा मोटरसाइकल चालक रौतहटको चन्द्रपुर नगरपालिका–७ नयाँ बस्ती बस्ने अन्दाजी २१ वर्षीय नन्द किशोर दास घाइते भएका छन्। उनको दुवै हात, दुवै खुट्टा र मुखमा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ। उनको जिल्ला अस्पताल हेटौँडामा उपचार भइरहेको छ।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अमलेखगन्ज बाराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाश कुमार खत्रीको कमाण्डमा ४ जनाको टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनाका कारण सडक अवरोध भने नभएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न ट्रक र चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ कमाने बस्ने ३० वर्षीय दीपक घलेलाई इलाका प्रहरी कार्यालय अमलेखगन्जले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमरा बाराबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) दया कृष्ण भट्टको टोलीसमेत खटिएर अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर