Saturday, August 8, 2026

गढिमाईको प्राङ्गणमा देखिएको दृश्यः मनमा घाउ, आस्थामा चोट

गढिमाई माताप्रति हाम्रो आस्था शब्दमा व्यक्त गर्न सकिन्न। सानो छँदा आमा-बाबाको हात समातेर गढिमाई मन्दिरको दर्शन गर्ने त्यो पल, माटो सुगन्धित प्राङ्गणमा टेकेको त्यो पाइलाले मन्दिरप्रतिको भाव झन् गहिरो बनाएको थियो।

यो मन्दिर केवल हाम्रो धर्मको प्रतिक मात्र होइन, हाम्रो संस्कार, हाम्रो पहिचान हो। तर, मन्दिरको प्राङ्गणमा देखिएको तोडफोड र बिद्रोहले मन भारी भएको छ। यो मन्दिर जहाँ भक्तजनहरूले श्रद्धाले निहुरिन्छन्, त्यहाँ भएको हिंसात्मक घटना देखेर आस्था र मन झस्किएको छ। यसले न केवल गढिमाई माताको शान्ति भंग गर्यो रकी यहाँ आउने लाखौं भक्तजनको विश्वासमाथि समेत चोट पुऱ्याएको छ।

विद्रोह गर्नुपर्ने हुन्छ, रिस पोख्नुपर्ने हुन्छ। तर, त्यो सही स्थान, सही तरिका र सही उद्देश्यसहित हुनुपर्छ। गढिमाईजस्तो पवित्र स्थलमा आस्थामाथि खलल पुऱ्याउने विद्रोह कहिल्यै स्वीकार्य हुन सक्दैन। यो हाम्रो आस्थाको घर हो, हाम्रो पवित्र स्थान हो।

हाम्रो सन्देश छ- बिद्रोह गरौं, तर बिनाकारण र बिनाविचारले होइन। गढिमाईको प्रांगण हाम्रो गर्व हो, हाम्रो शिर हो। यसलाई बचाउन, यसको सम्मान गर्न हामी सबैले हातेमालो गर्नुपर्छ। हामी सबैको गढिमाई, हामी सबैको आस्था। यो शान्ति र सम्मानको प्रतीक हो। यसलाई जोगाउने जिम्मा हामी सबैको हो।

लेखक : अभय

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर