कलैया, ११ जेठ। आज आइतबार सुनको मुल्य बढेको छ।
सुन प्रतितोला १ हजार ४ सय रूपैयाँले बढेर आज छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै आइतबार चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार झै आज पनि २ हजार ५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।