Thursday, June 4, 2026

मलेसियालाई पराजित गर्दै इस्ट जोन कपको फाइनलमा नेपाल

spot_img

कलैया, १९ असार। एसिसी मेन्स यु–१६ इस्ट जोन कपको फाइनलमा नेपाल प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको हो ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९० रनमा अलआउट भएको थियो। नेपालले जितका लागि ९१ रनको सामान्य लक्ष्य पाएको थियो ।

उक्त लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो । अब अर्को सेमिफाइनल हङकङ र सिंगापुरबीच हुने छ। उक्त खेलको विजेता  सँग नेपालले फाइनल खेल खेल्ने छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर