काठमाडौं । आईसीसी टी २० विश्वकप क्रिकेटमा अफगानिस्तानले बंगलादेशमाथि ८ रनको जित निकाल्दै सेमिफाइनलको स्थान पक्का गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो। बंगलादेशले पाएको ११६ रनको लक्ष्य १७.५ ओभरमा १०५ रनमा अलआउट भएपछि अफगानिस्तान ८ रनले विजयी भएको हो ।
यो सँगै अफगानिस्तान सेमिफाइनल प्रवेश गर्ने चौथो टोली बनेको छ भने सेमिफाइनल समिकरण समेत पूरा भएको छ ।सेमिफाइनलमा भारत, दक्षिण अफ्रिका र इङ्गल्याण्ड यसअघि नै पुगिसकेका छन् । अफगानिस्तानको सेमिफाइनल प्रवेशसँगै अस्ट्रेलिया भने सुपर आठ बाटै बाहिरिएको छ ।