19.8 C
Kalaiya

Friday, November 7, 2025
spot_img
19.8 C
Kalaiya
Friday, November 7, 2025

लागुऔषधको डिलर पक्राउ, निजगढमा लागुऔषधको कारोबारी र प्रयोगकर्ताहरुको संख्यामा वृद्धि

spot_img
spot_img

सुरुची भण्डारी, बारा । बारा रौतहटलगाएतका जिल्लामा लामो समयदेखि अवैध लागुऔषधको बिक्री वितरण गर्दै आएका एक व्यक्तिलाई  बारा प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

लागुऔषधको बिभिन्न मुद्धामा फरार रहेका रौतहट फतुवा बिजयपुर–७ घर भएका ध्यानी राउत कुर्मिको छोरा २४ बर्षीय रामबिनय प्रसाद पटेललाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

पटेलबिरुद्घ बिभिन्न जिल्लामा पक्राउ पुजी जारी भएतापनि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको भने थिएन तर बुधबार ईलाका प्रहरी कार्यालय निजगढका प्रहरीले उनलाई बाराको निजगढ नगरपालिका–९ सहिद चोकबाट नियन्त्रण लिन सफल भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख तथा प्रहरी निरिक्षक सुमित कुशवाहले जानकारी दिए ।

Advertisement

यसअघि प्रहरीले गत असार १ गते निजगढ नगरपालिका ७ घर भएका ३३ बर्षिय बिकास रुम्बालाई पक्राउ गरेको थियो । प्रहरीले रुम्बासंग २५० पिस लागुऔषध ट्रामाडोल टैबलेट सहित पक्राउ गरेको थियो । रुम्बाले पटेलसंग टैबलेट खरिद गरि निजगढका बिभिन्न प्रयोगकर्तालाई बिक्रिबितरण गर्ने काम गर्दै आएका थिए ।

रुम्बाकै बयानको आधारमा निजगढ प्रहरीले उनलाई प्रक्राउ गरेको हो । उनी ईलाका प्रहरी कार्यालय निजगढको लागुऔषध मुद्धा नम्बर ८० को चालु मुद्घाका फरार प्रतिबादी हुन ।

यस्तै पर्सा प्रहरीले गत साउन १३ गते निजगढ नगरपालिका–९ घर भएका ४३ वर्षीय गणेश पाण्डे र मिलन पाण्डेलाई एक लाख १७ हजार पिस लागुऔषध ट्रामाडोल टैबलेट सहित पक्राउ गरेको थियो । उनीहरुले भारतबाट नेपाल लागुऔषध भित्राउदै गर्दा प्रहरीले उनीहरु सवार गाडी सहित पक्राउ गरेको थियो ।

पछिल्लो समयमा बाराको निजगढबाट लागुऔषधको कारोबारमा संग्लन गरेको व्यक्तिहरु पक्राउको सिलसिलाले समेत यस क्षेत्रमा लागुऔषधको कारोबारी र प्रयोगकर्ताहरुको संख्यामा वृद्धि भएको देखाएको हो ।

यस क्षेत्रबाट भारत तर्फ विशेष गरी लागुऔषध गाजा नियात हुने गरेको छ भने भारतबाट नेपालमा लागुऔषध ट्रामाडोल टैबलेटलगाएत आयत हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।

न्यूजकारखाना

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर