Tuesday, July 7, 2026

लागू औषध चरेश सहित एक जना पक्राउ

बारा,२ असोज । पर्सा प्रहरीले लागू औषध चरेश सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत अगरा उत्तर प्रदेश कुडोल फतेहावाद बस्ने वर्ष ४२ को गोपाल गिरी रहेको प्रहरीले जनाएको छ ।प्रहरीले उनको साथ बाट लागु औषध चरेश जस्तो देखिने पदार्थ २ के.जी. ९६० ग्राम फेला पारेको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २ डम्पिङ साइडतर्फ लागु औषध खरिद बिक्री कारोवारी भैरहेको छ भन्ने बिशेष सुचनाको अधारमा खटिएको प्रहरी टोलीले सो स्थानमा संकाष्पद गिरीलाई कानूनी रीतपुऱ्याई खानतलासी गर्दा उनले बोकेको प्लाष्टिकको झोलामा लुकाइ छिपाइ राखिएको लागु औषध चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । गिरीविरूद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर