23 C
Kalaiya

Tuesday, March 18, 2025
23 C
Kalaiya
Tuesday, March 18, 2025

spot_img

बारामा ३४ किलो लागू औषध गाँजासहित दुई जना पक्राउ

spot_img
spot_img

कलैया,१८ कार्तिक । बारामा ३४ किलो लागू औषध गाँजा सहित दुई जनालाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ गंगानगर बस्ने अन्दाजी २५ वर्षीय  दिपेन्द्र भन्ने जितेन्द्र कुशवाहा र सोही ठाउँमा बस्ने  ३५ वर्षीय सरोज प्रसाद यादव रहेको छ ।

विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ गंगानगर टोलमा बस्ने हिरा महतोको गाई गोठ भित्र उनिहरूले लुकाई छिपाई प्याकिङ गर्दै गरेको लागू औषध गाँजा बरामद गरेको छ ।

उनीहरुको साथबाट ३४ किलो (५ पोका) लागु औषध गाँजा बरामद गरेको हो ।

उक्त लागू औषध गाँजा सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर