26.7 C
Kalaiya

Friday, March 21, 2025
26.7 C
Kalaiya
Friday, March 21, 2025

spot_img

छठ पूजाका लागि बारामा बेहुलीझैं सजाइयो घाट

spot_img
spot_img

कलैया,२२ कार्तिक । लोकआस्था र विश्वासको पर्व छठका लागि दुलही झैँ बाराका पोखरी तथा नदी घाट विशेष सजावटबाट सिंगारिएका छन ।

जिल्लाका सवै स्थानमा रहेका छठघाटलाई सरसफाई गरी टेण्ड, झलर,बत्ति आदि लगाएर ‘दुलही’ झैं जस्तै सिँगारिएका छन ।

व्रतालुहरुले आफ्नो घरदैलो नजिकै रहेको पोखरी तथा छठ घाटमा गएर छठ पूजाअर्चना गर्ने परम्परा रहेको छ ।सोही अनुसार यहाँका सर्वसाधारणले आ–आफ्नो घरनजिकै रहेको पोखरी तथा घाटलाई सरसफाइ गरि दुलही’ झैं झिलिमिली तथा फुलले सजावट गरेका छन् ।

कलैया उपमहानगरपालिका भित्र रामजानकी पोखरी, सिद्देश्वर मन्दिर पोखरी, बरेवाको छठिया पोखरा छठ घाट, घुसुपुरको चिमनीमाई छठ घाट,अवधापुर छ्ठ घाट,दोहरी छठ घाटमा विशेष सजावट र डेकोरेसन गरेर छठ पर्व मनाइँदैछ ।

सदरमुकाम कलैयामा मात्र नभई जिल्लाका ग्रामीण भेगका सबै गाउँमा छठ घाटको भब्य रुपकम सजिसजावट गरिएका छन् ।

यसरी सजावट गरिएका छठी घाटहरुमा छठको तेस्रो दिन अर्थात विहीबार ब्रतालुहरू पानीसमेत नपिई निराहार बस्दछन् र साँझपख नजीकैको नदी र पोखरीको घाटमा व्रतालुहरूले छठ पुजा सामाग्रीहरु लिएर छठघाट जाने स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ दिन्छन्।

व्रतालु भक्तजनहरू राती धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्किन्छन् ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर