26.4 C
Kalaiya

Saturday, November 8, 2025
spot_img
26.4 C
Kalaiya
Saturday, November 8, 2025

बारा र पर्सामा चिसो बढ्यो

spot_img
spot_img

वीरगञ्ज,०१ मंसिर । बारा र पर्सामा शुक्रबारदेखि चिसो बढेको छ । मौसममा परिबर्तन भई शुक्रबार बिहानैदेखि चिसो बढेको हो ।

Advertisement

बिहानैदेखि बढेको चिसोका कारणले दिउँसोसम्म घाम नलागेका कारणले मानिसहरु चिसोले प्रभावित भएका हुन्।

Advertisement

सर्वसाधारणहरु अन्य दिनको तुलनामा शुक्रबार बढी चिसो महसुस गरेका थिए। बिहानैदेखि बाक्लो हुस्सुले मानिसहरुलाई मर्कामा पारेको हो।

Advertisement

दिउँसो मानिसहरु चिसोका कारण कम निस्केका थिए। सवारी साधन पनि कम चलेका थिए ।बिहानै लागेको हुस्सु दिउँसो सम्म पनि नहटदा कतिपय सवारी साधनहरले बती बालेर नै सवारी चलाएका हुन्।

उनीहरुले चिसो महसुस गरेका कारण तथा हुस्सुमा गाडी दुर्घटनाबाट बच्नको लागि बत्ती बाल्नु परेका सवारी चालकले बताएका छन्।

यसैबीच चिसो बढेकोले सावधानी अपनाउन चिकित्सकले सल्लाह दिएका छन ।मौसममा परिबर्तन आएर चिसो बढेकाले यस्तो मौसममा बालबालिकादेखि बृद्धबृद्धासम्मले सावधानी अपनाउनु पर्ने चिकित्सकको सुझाव छ।

बदलिएको मौसमामा रुघाखोकी ज्वरो लगायतका रोगबाट ग्रसित हुनुपर्ने समस्या आउन सक्ने भएकाले सकेसम्म चिसोबाट बच्न सल्लाह चिकित्सकले दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर