Thursday, June 4, 2026

क्यानले मेलामा नि.शुल्क सूचना तथा प्राविधि सेवा दिने

spot_img

कलैया,२१ मंसिर । कम्प्युटर एशोसिएशन नेपाल महासंघ बाराले गढीमाई पञ्चवर्षीय मेलामा नि.शुल्क सूचना तथा प्राविधि सेवा शिविर सुरु गरेको छ ।

बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ मा रहेको विश्व प्रसिद्ध गढीमाई पञ्चवर्षीय मेलामा कम्प्युटर एशोसिएशन नेपाल महासंघ बाराले नि. शुल्क सूचना तथा प्राविधि सेवा शिविर बिहीबार देखी सुरु गरेको हो ।

सो शिविरमा टेलीफोन/ मोबाइल,मोबाईल चार्जिङ्ग र वाईफाई तथा अन्य सेवाहरु प्रदान हुने कम्प्युटर एशोसिएशन नेपाल महासंघ बाराका अध्यक्ष लक्ष्मण चौधरीले जानकारी दिएका छन् ।

उक्त शिविर मंसिर २० देखि २५ गते सम्म गरि पाँच दिन भक्तजनहरुको लागी नि.शुल्क हुने अध्यक्ष चौधरीले बताए ।उक्त कार्यक्रममा क्यान मधेस प्रदेशका सचिव गणेश शर्मा,पुर्व अध्यक्ष,अनिल चौरसिया,पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर