23 C
Kalaiya

Tuesday, March 18, 2025
23 C
Kalaiya
Tuesday, March 18, 2025

spot_img

बारामा लागु औषध सहित एक जना पक्राउ

spot_img
spot_img

बारा,२२ पुस । बारा प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।

लागु औषध बिक्री बितरण भईरहेको छ भन्ने सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी पिपरपाती बाराबाट खटिएको सँयुक्त प्रहरी टोलिले आइतबार जिल्लाको पचरौता न.पा.वडा ४ इनर्वाटोल स्थित पोखरीको डिलमा बनाइएको छाप्रोमा चेक जाँच गर्ने क्रममा लागु औषध सहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर २ महुवाही टोल बस्ने अन्दाजी ४७ वर्षीय राम सेवक प्रसाद साह रहेको प्रहरीले जनाएको छ ।

उनको साथबाट अन्दाजी २७ ग्राम सेतो हिरोहिन जस्तो देखिने पाउडर र नाइट्रोभेट ट्यावलेट एक पत्ता (१५) पिस बरामद गरेको छ ।

साहलाई नियन्त्रणमा लिएर बारा जिल्ला अदालत कलैयाबाट १० दिन म्याद थप गरि थप अनुसन्धान कार्य भाइरहेको बाराका प्रहरी  प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर