बारा,२३ माघ। आज पनि सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुन प्रतितोला २ हजार २ सय रुपैयाँले बढेर १ लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
बुधबार चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेर १ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।