Tuesday, July 7, 2026

पचरौता नगरपालिकाद्वारा बाराका प्रहरी प्रमुख तमांगलाई स्वागत तथा सम्मान

बारा, २५ माघ । बाराको पचरौता नगरपालिकाले जिल्ला प्रहरी कार्यालय बारामा हालै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक संतोष तमांगलाई स्वागत तथा सम्मान गरेको छ । प्रहरी उपरीक्षक तमांगलाई नगरपालिकाका पदाधिकारीवीच परिचयात्मक कार्यक्रम गर्दै स्वागत तथा सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक तमांगले प्रहरीले प्रदान गर्ने सम्पूर्ण सेवा सबैको केन्द्र बिंदुमा राखेर गर्ने, न्याय मरेको, न्याय हराएको, न्यायलाई कुलचिएको कुनै पनि सेवा प्रदान नगर्ने बताएका छन। उनले प्रहरी कहाँ आउने जो कोही पीड़ितहरुको उचित सुनुवाई हुने र यसका लागि सबैसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने प्रतिब्धता जनाएका छन।

कार्यक्रममा बोल्दै नगर प्रमुख जलंधर सिंहले प्रहरी उपरीक्षकको आगमन सँगै बाराबासीले सुरक्षाको अनुभूति गर्न थालेको उल्लेख गर्दै सफल कार्यकालको लागि शुभकामना पनि ब्यक्त गरेका छन।  तस्विर : नूर आलम बादशाह

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर