Friday, June 19, 2026

आज २०८१ साल फागुन ०१ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

शक संवत् १९४६ । नेपाल संवत् ११४५ सिल्लागा । कालयुक्त उत्तरायण शिशिर । बिहीबार फाल्गुण कृष्णपक्ष । तिथि प्रतिपदा १९:५२ बजेसम्म, त्यसपछी द्वितिय । नक्षत्र मघा २०:५७ बजेसम्म, त्यसपछी पूर्वफाल्गुनी । योग शोभन ०७:४६ बजेसम्म, त्यसपछी अतिगण्ड । करण वालव ०७:२७ बजेसम्म, त्यसपछी कौलव १९:५२बजेसम्म, त्यसपछी तैतिल । चन्द्रराशि सिंह । आनन्दादि योग मुसल । दिनमान ११:८ । सूर्योदय ६:४५ । सूर्यास्त १७:५३ । फाल्गुनसंक्रान्ति । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा 

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रियजनहरूको सानिध्यले दिन रमाइलो रहनेछ। प्रशासनिक सहयोगले कुनै विशिष्ट कार्य सम्पादन गर्नमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। जीवनसाथीबाट उपहार मिल्न सक्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। छरछिमेकीहरुको सहयोग मिल्नेछ। पेट सम्बन्धी समस्याले सताउनेछ। अरूको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा विरोधी तत्वहरू सक्रिय रहनेछन्। व्यापार व्यवसायमा भावनामा आएर कुनै निर्णय नलिनुहोला। धैर्यता वा साहसले नयाँ कार्यहरू बन्नेछन् । आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) उद्योग व्यापारमा लाभ रहनेछ। घरपरिवारमा पुरानो कुरालाई लिएर मनमुटाव रहनेछ। श्रमको उपयुक्त मूल्यांकन मिल्नेछ। नयाँ कार्य सुरु गर्ने समय रहेको छ। सरकारी नोकरीमा पदको दुरुपयोग नगर्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा उच्च अधिकारीहरूसँग राम्रो सम्बन्ध रहनेछ। समाजमा तपाईंको कार्यको चर्चा हुनेछ। धार्मिक कार्यक्रममा मन लाग्नेछ। आयआर्जन राम्रो रहनेछ। व्यापार व्यवसायमा परिस्थिति हेरेर निर्णय लिनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घरपरिवारमा आफन्तहरूको साथमा मनोरञ्जनात्मक समय बित्नेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। शिक्षाको क्षेत्रमा विद्यार्थीहरूलाई गुरुजनको राम्रो सहयोग मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रतिष्ठित कार्य प्रारम्भ गर्ने मौका मिल्नेछ। कार्यक्षेत्रमा आत्मबल र धैर्य बढ्नेछ। कानुनी मामिलाहरूमा सफलता मिल्नेछ। व्यक्तिगत जीवनमा चुनौती आउन सक्ला। व्यापार व्यवसायमा हतारमा निर्णय नलिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा लगनशीलताको कमीले कार्यमा बाधा आउनेछ। कुनै नयाँ काम गर्दा मन आत्तिन सक्ला,निडर वा आत्मविश्वासको साथमा आफूलाई प्रस्तुत गर्ने प्रयास गर्नुहोला। नोकरी वा पेशामा नयाँ इष्टमित्रहरूको सहायता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनोबल उच्च रहनेछ। आर्थिक पक्ष सुदृढ रहनेछ। शुभचिन्तकहरूको सहयोगले नयाँ कार्य प्रारम्भ गर्नमा सफलता मिल्नेछ। आयस्रोत बढाउनको लागि नयाँ विचारहरू उत्पन्न हुनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आजको दिन हजुरलाई उत्तम रहनेछ। परिवारको साथमा नयाँ स्थानमा भ्रमणका योग छन्। शत्रुपक्ष कमजोर भएपनि सक्रिय रहनेछन् सावधान रहनुहोला। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) एकाग्रताको साथमा मेहनत गर्नुभयो भने परिणाम अवश्य राम्रो आउनेछ। रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोस्। विद्यार्थीहरूलाई अध्ययनमा सफलता मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आफ्नो स्वास्थ्यलाई विशेष ध्यान दिनुहोला। मन अशान्त तथा कार्यक्षेत्रमा अनुमानित भन्दा धेरै समय लाग्नेछ। कसैसँग झुठो बाचा नगरौँ। आकस्मिक धन हानिका योग छन्। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ। राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर