22.7 C
Kalaiya

Tuesday, March 18, 2025
22.7 C
Kalaiya
Tuesday, March 18, 2025

spot_img

१४ लाख २८ हजार किशोरीले लगाए एचपिभी खोप

spot_img
spot_img

काठमाडौँ,८ फागुन । सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा १४ लाख २८ हजार आठ सय ८९ किशोरीले खोप लगाएका छन् । गत माघ २२ गतेदेखि सुरु भएको खोप अभियान मंगलबार सकिएको छ ।

अभियानमा १६ लाख ८८ हजार सात सय ८६ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको थियो । सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका गत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका लागि खोप अभियान सञ्चालन गरेको थियो ।

मनाङ, मुस्ताङ, हुम्ला र डोल्पामा विद्यालय सञ्चालन नभएकाले खोप अभियान सुरु नगरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विद्यालय सुरु हुनसाथ फागुनको तेस्रो सातामा ती जिल्लामा खोप अभियान चल्नेछ । नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चारजना महिलाको मृत्यु हुने गरेको तथ्यांक छ ।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमका अनुसार अभियानका क्रममा ९२ प्रतिशत किशोरीले खोप लगाइसकेका छन् । छुट भएका किशोरीलाई स्वास्थ्य संस्थामा लगाइनेसमेत उनले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर