Tuesday, July 7, 2026

बारामा मध्यरातमा आगलागी: ७ लाखभन्दा बढीको क्षति

कलैया, ०९ फाल्गुन। बाराको महागढीमाई नगरपालिका वडा नं ६ बबुआईनमा मध्यरातमा एउटा पसलमा आगलागी हुँदा लाखौंको क्षति भएकाे छ।

बिहीबार राति करिब सवा १ बजे चौधरी ऋषभ जेनेरल स्टोरमा आगलागी हुँदा अन्दाजी ७ लाख रुपैयाँ बराबरको क्षति भएकाे स्टोरका संचालक निरंजन चौधरीले बारा अपडेटलाई जानकारी दिए।

उक्त पसलमा आगलागीबाट २ वटा कम्प्युटर, एउटा ल्यापटप, ३ वटा प्रिन्टर, एमटु २ वटा, नामलेसन गर्ने मेसिन एउटा, ठुलो स्पिकर २ वटा, पंखा एउटा, मोबाइल पार्ट्सहरु चार्जर, ब्याट्री, डाटा केबल, फर्निचर आदी समानहरु पुर्ण रुपमा जलेर ७ लाखभन्दा बढीको क्षति भएको संचालक चौधरीले बताए।

आगलागी भएको घरमा सटर हुँदा आगो निभाउन बाध्यता भएपछि स्थानीयबासीले देवाल फोडेर आगलागी नियन्त्रणमा लिएका थिए। आगो निभाउन महागढीमाई नगरपालिकाको बारुणयन्त्र (दमकल) पनि पुगेको थियो। आगलागीको कारण भने सर्ट सर्किट बताइदै छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर