Friday, September 18, 2026

महाशिवरात्रीको अवसरमा बाराको शिवालयमा दर्शनार्थीको घुइचो

Advertisement
Advertisement

कलैया, १४ फागुन । महाशिवरात्रीको अवसरमा बाराको शिवालयहरुमा दर्शनार्थीहरुको घुईचो लागेको छ। जिल्लाको अधिकांश शिवालयहरुमा अन्य दिनको तुलनामा अत्याधिक संख्यामा भक्तजनहरु पुगेका छन्।

कलैया स्थित सिद्धेश्वरनाथ महादेव मन्दिरमा विहानै देखि दर्शन गर्न भिड लागेको छ। यहाँ मेला लागेको छ। मन्दिर परिसरमा रहेको शिव मन्दिर देखि पार्वती मन्दिरसम्म पगडी बाँधिएको छ। अखण्ड रुद्री पाठ भइरहेको छ।विशेष पूजा अर्चना भइरहको सिद्धेश्वर संस्कृत विद्यालयका प्रधानाध्यापक ज्योतिष पण्डित छविरमण सुवेदीले जानकारी दिए ।

यस्तै बाराको चारकोसे झाडीस्थित जंगली बाबा सहजनाथमा दर्शनार्थिहरुको घुइचो लागेको छ। यहाँ मेला भर्न नेपाल तथा भारतका दर्शनार्थिहरु आएका हुन्। सहजनाथ महादेव मन्दिरमा जल चढाउने दर्शनाथीहरुको भिड लागेको हो।

जिल्लाको सिम्रौनगढस्थित महादेव मन्दिर, सिमरामा रहेको शिव मन्दिर, ईनर्वा सिरामा रहेको शिव मन्दिर, ब्रहमपुरीमा रहेको शिव मन्दिर, लंगडा मठस्थित शिव मन्दिर लगायत जिल्लाभरीको शिवालयमा भक्तजनहरु घुईचो लागेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर