32.8 C
Kalaiya

Sunday, March 23, 2025
32.8 C
Kalaiya
Sunday, March 23, 2025

spot_img

एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई

spot_img
spot_img

काठमाडौँ, १८ फागुन । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुन इरानको तेहरान जाने १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरेका छन् ।

मार्च ४ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, इरान, इराक, बंगलादेश, थाइल्यान्ड र मलेसिया गरी ७ राष्ट्र सहभागी हुने छन् ।

प्रतियोगितामा मानमति विष्ट (कप्तान) जयन्ती बडू, रविना चौधरी, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, निशा बोहरा, निशा खत्री, मनीषा जोशी, आस्मा यादव र विनिता पण्डित क्षेत्रीले भाग लिदै छन् भने अफिसियलमा अरविन्दकुमार झा, प्रशिक्षक हरिना थापा र निर्णायक नितु गुरुङ रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर