33.4 C
Kalaiya

Sunday, March 23, 2025
33.4 C
Kalaiya
Sunday, March 23, 2025

spot_img

युगाण्डाविरुद्ध नेपालको एक विकेटको जित

spot_img
spot_img

काठमाडौँ,२५ फागुन । नेपालले युगाण्डालाई पराजित गरेको छ । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिजमा नेपालले आयोजक युगाण्डालाई एक विकेटले पराजित गरेको हो ।

युगान्डाले दिएको ७६ रनको लक्ष्य पछाएको नेपालले १९.५ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको युगाण्डाले २० ओभरमा ७ विकेट गुमाउदै ७५ रन बनाएको थियो ।

यस सिरिजको दोस्रो खेलमा नेपालको यो पहिलो जित हो । शनिबारदेखि शुरुभएको चार देशीय सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा नामिबियासँग हार बेहोरेको थियो । अब नेपालले अर्को खेल सोमबार हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर