Monday, July 6, 2026

लङ्गडा चौकमा पचरौता नगरपालिकाको होलि मिलन कार्यक्रम सम्पन्न

कलैया,२६ फागुन । बाराको पचरौता नगरपालिका वडा नं ८ स्डाथित लंगडा चौकमा पचरौता नगरपालिकाको होलि मिलन कार्यक्रम सम्पन्न भएको छ ।

नगर प्रमुख जलान्धर सिंह जैसवारको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बारा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य एवम् पुर्व कृषि मन्त्री ज्वाला कुमारी साहले पानसमा बत्ति बाली कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

सो कार्यक्रममा नेकपा एमाले पार्टी बाराका जिल्ला अध्यक्ष अध्यानन्द पाण्डेय, ६ का वडा अध्यक्ष मकबुल अन्सारी, ८ का वडा अध्यक्ष प्रेम चौधरी र ९ का वडा अध्यक्ष गगनदेव यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए।

सो कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी  वसन्त अधिकारिले बारा जिल्लाको होलिलाई दुर्घटना रहित होलि, विवादरहित होलि, ग्याङ्ग फाईट होलि र झगडा रहित होलि मनाउन अनुरोध गरे।

साथै जिल्ला सुरक्षा समितिले निर्णय समेत गरेको प्रजिअ अधिकारीले बताए । होलिको दिनमा सवारीसाधन मोटरसाइकल चलाउदा हेल्मेट नलगाउने, तीन जना चढेर हिड्ने र कागजात नहुनेलाई जनप्रतिनिधिले भने पनि नछाड्ने र दिनभरी नियन्त्रणमा लिन्छौं, मादक पदार्थ सेवन गरि सवारी चलाउनेलाई कम्तीमा एक राती थुन्ने उनले चेतावनी दिए  ।

सोहि कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् प्रतिनिधि सभा सदस्य साहले होलि पर्वलाई एकताको प्रतीकको रुपमा आपसी भाईचारा कायम गरि होलि पर्व मनाउन आग्रह गरिन् ।

उक्त कार्यक्रममा संविधान सभा सदस्य बलविर प्रसाद चौधरी,पचरौता नगरपालिका कि उप प्रमुख नसिमा खातुन,गौरी साह,बसन्तराज जोशी,कार्यपालिका सदस्य,वडा अध्यक्ष,वडा सदस्य,जनप्रतिनिधि,कर्मचारी तथा सञ्चारकर्मीहरु लगायतको उपस्तिथि रहेको थियोे ।

सो कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र परियारको रहेको थियोे भने कार्यक्रम संचालन प्रवक्ता लक्ष्मी यादवले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर