Friday, July 31, 2026

वर्षाका कारण स्थगित सुशिल चौगाई अन्तरविद्यालय क्रिकेट प्रतियोगिता भोलि देखि सुरु हुँदै

कलैया, १८ जेठ। वर्षाका कारण स्थगित भएको सुशिल चौगाई अन्तरविद्यालय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गतको यु-१४ जिल्ला स्तरिय छनोट प्रतियोगिता भोलि ( जेठ १९) गते देखि सुरु हुने भएको छ। यस अघि जेठ १७ गतेदेखि सुरु हुने भनिए पनि वर्षाको कारण स्थगित गरिएको थियो। जिल्ला क्रिकेट संघ बाराले प्रतियोगिता जेठ १९ गते देखि सुरु हुने जनाएको छ।

बाराको कलैयामा सुरु हुने उक्त प्रतियोगितामा १२ वटा विद्यालय सहभागी हुने छन्, जसलाई चारवटा समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा मेरिगोल्ड, गढीमाई र ग्यालेक्सी पब्लिक विद्यालय छन् भने समूह ‘बी’ मा मनकामना, सोना एकेडेमी र बाल एकता विद्यालय रहेका छन्। त्यस्तै, समूह ‘सी’ मा ज्ञानदीप, सिद्धिविनायक र ब्राइट ल्याण्ड रहेका छन् भने समूह ‘डी’ मा शान्ति निकेतन, इन्टरनेशनल र मेरो एकेडेमी सहभागी छन्।

प्रतियोगिताको पहिलो खेल बिहान ७:३० बजे र दोस्रो खेल दिउँसो १:०० बजे सुरु हुनेछ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर