Friday, July 31, 2026

बाराका एक सहित तीन जना युवा क्रिकेटरले भारतमा एक महिना प्रशिक्षण गर्ने

कलैया, २७ असार। भारत सरकारको ‘दूतावास क्रिकेट फेलोशिप फर नेपाली यूथ’ अन्तर्गत बारा जिल्लाका एक सहित तीन जना नेपाली युवा क्रिकेट खेलाडीहरू एक महिनाका लागि भारतमा विशेष प्रशिक्षण गर्ने भएका छन् ।

नेपालको यू-१९ टोलीका खेलाडीहरू नरेन भट्ट, साहिल पटेल र पूजा महतोले एक महिना प्रशिक्षण गर्ने भएका हुन्। यी तीन खेलाडी मध्ये पटेल बाराको कलैया निवासी हुन। उनीहरूले १५ जुलाई देखि १४ अगस्ट २०२५ सम्म भारतको भोपालस्थित एलबी शास्त्री क्रिकेट शालामा एक महिना व्यावसायिक प्रशिक्षणमा जाने तय भएको छ।

दूतावासले व्यावसायिक एक्सपोजरले खेलाडीहरूको सीपमा उल्लेखनीय वृद्धि गर्ने र नेपालको क्रिकेट आकांक्षामा योगदान पुर्‍याउने अपेक्षा लिएको छ।

शुक्रबार भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले खेलाडीहरूसँग भेटघाट गरी प्रशिक्षणका लागि शुभकामना व्यक्त गरेका हुन।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर