Friday, July 31, 2026

एनपीएल अक्सनको सूचीमा बाराबाट १० जना खेलाडी

कलैया, २१ साउन। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेलाडी छनोटका लागि हुने अक्सनमा १५० जना खेलाडीको अन्तिम सूची घोषणा भएको छ। उक्त सूचीमा बारा जिल्लाबाट १० जना खेलाडी रहेका छन । एनपीएलमा सहभागी आठ टोलीले इच्छाएका तथा नेपाल क्रिकेट संघ (क्यान)को प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार ती खेलाडीलाई अन्तिम सूचीमा समावेश गरिएको क्यानले जनाएको छ।

ती खेलाडीलाई विभिन्न ग्रेडमा विभाजन गरिएको छ। बाराबाट ग्रेड ए मा आदिल आलम, पवन सर्राफ त्यस्तै ग्रेड बी मा रवि साह, निखिल सिंह र साहिल पटेल रहेका छन। ग्रेड सी मा अमित श्रेष्ठ, अरनिको यादव, निरज यादव, भुलवन सहनी र कमल गुप्ता रहेका छन।

ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख रुपैयाँ तोकिएको छ । उक्त मूल्य बढीमा १५ लाखसम्म जानेछ । बी ग्रेडका खेलाडीको न्यूनतम मूल्य ५ लाख राखिएको छ । बढीमा १० लाख सम्म पाउनेछन् । त्यस्तै सी ग्रेडका खेलाडीको न्यूनतम मूल्य २ लाख राखिएको छ । बढीमा ५ लाख सम्म पाउनेछन् ।

यही साउन २४ गते अक्सन हुने क्यानले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर