Thursday, June 4, 2026

यू–१७ एसियन महिला कप छनोट : नेपाल समूह ‘एफ’मा

spot_img

कलैया, २२ साउन। यू–१७ नेपाली महिला फुटबल टिमले एएफसी यू–१७ एसियन महिला कप २०२६ को छनोट चरणमा समूह ‘एफ’ मा स्थान बनाएको छ। एएफसीले साउन २२ गते (आज) सार्वजनिक गरेको तालिका अनुसार नेपालले थाइल्यान्ड र तुर्कमेनिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

छनोट चरण अक्टोबर १३ देखि १७ सम्म सञ्चालन हुने तय गरिएको छ। एएफसीले प्रतियोगितामा सहभागी २७ देशलाई सात वटा समूहमा विभाजन गरेको छ। समूह चरण लिगका आधारमा सिंगल राउन्ड रोबिन विधिमा खेलाइनेछ।

यस चरणको अन्त्यमा प्रत्येक समूहका विजेताले अर्को चरणमा स्थान बनाउने छन्। फाइनल चरणको प्रतिस्पर्धा सन् २०२६ अप्रिल ३० देखि मे १७ सम्म चीनमा आयोजना हुने एएफसीले जनाएको छ। फाइनल चरणमा भने दक्षिण कोरिया, जापान, उत्तर कोरिया र आयोजक राष्ट्र चीनले सिधा प्रवेश पाइसकेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर