कलैया,२३ साउन। शुक्रबार (आज) सुनको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि बिहिबार दिन सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । आज चाँदी २ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



