कलैया, ०६ पुस । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकप प्रतियोगिताको लागि २४ खेलाडीलाई क्याम्पमा बोलाएको छ । क्यानद्वारा जारी गरिएको सुचीमा बारा जिल्लाका खेलाडी आदिल अन्सारी पनि समावेश भएका छन्। क्याम्प भोलि सोमबार (पुस ७) गतेदेखि हुने जनाइएको छ ।
नेपालले विश्वकपको सबै खेल भारतको मुम्बईमा खेल्नेछ । नेपालको समूहमा इंग्ल्यान्ड र वेस्ट इन्डिजसँगै बंगलादेश र इटाली रहेका छन् । नेपालले इंग्ल्यान्डसँग पहिलो खेल आउँदो माघ २५ गते अर्थात् फेब्रुअरी ८ तारिखमा खेल्नेछ । खेल मुम्बईको वान्खडे स्टेडियममा हुनेछ ।
यस्तै नेपालले फेब्रुअरी १२ तारिखमा इटालीसँग, फेब्रुअरी १५ तारिखमा वेस्ट इन्डिजसँग र फेब्रुअरी १७ तारिखमा बङगलादेशसँग खेल्नेछ ।
खेलाडीहरू : रोहित पौडेल, दीपेन्द्र सिंह ऐरि, सन्दीप लामिछाने, कुशल भुर्तेल, सन्दीप जोरा, नन्दन यादव, आरिफ सेख, आदिल अन्सारी, शेर मल्ल, भीम सार्की, विनोद भण्डारी, अविनाश बोहरा, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी, लोकेस बम, करण केसी, साहब आलम, इशान पाण्डे, बसिर अहमद, प्रतिस जीसी र रुपेश कुमार सिंह




