कलैया, ०३ माघ। आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । आज एक कार्यक्रमको बीच नेपाल क्रिकेट संघ (क्यान) ले बिदाइ गरेको हो ।
विश्वकप खेल्नु अघि नेपाली क्रिकेट टोलीले श्रीलंका र भारतमा गएर अभ्यास खेले खेल्ने छ। नेपाली टोली भोलि (आइतबार) प्रस्थान गर्ने छ । नेपालले श्रीलंका गएर श्रीलंका ‘ए’ र भारतमा गएर मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग अभ्यास खेल्ने छ । अभ्यास पछि नेपाली क्रिकेट टोलीले विश्वकपको समूह चरणमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग खेल्ने तालिका छ ।
नेपालले माघ २५ मा इंग्ल्यान्डसँग खेल्दै विश्वकपको शुरूवात गर्नेछ । दोस्रो खेल माघ २९ गते इटाली, तेस्रो खेल फाल्गुन ३ गते वेस्ट इन्डिज र चौथो तथा अन्तिम खेल फाल्गुन ५ गते बंगालादेशसँग खेल्नेछ । नेपालको सबै खेल मुम्बईको वाङखाडे रंगशालामा हुनेछन्।
नेपाली टोली:- रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह एरी(उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बासिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुलसन कुमार झा, ललित राजवंशी, शेर मल्ल, लोकेश बम



