कलैया, २१ फागुन। बारा निर्वाचन क्षेत्र नम्बर ३ मा भोलि देखि मतगणना गरिने भएको छ । यस क्षेत्रको मतगणना जिल्ला समन्वय समितिको कार्यालय हुने छ।
मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीका अनुसार मतपेटिकाहरू संकलन भइसकेको र रुजु गर्ने कार्य जारी रहेको छ।
सबै काम सकिए पछि सर्वदलीय बैठक आह्वान गरिने र राजनीतिक दलहरूबीच सर्वपक्षीय सहमति पछि भोलि देखि मतगणना हुने उनले बताए। जिल्लामा कुल चार लाख ६५ हजार ७ सय ८४ मतदाता रहेकामा करिब ७० प्रतिशतसम्म मतदान भएको छ।
गणना स्थलहरूमा सुरक्षा व्यवस्था अत्यन्तै चुस्त बनाइएको छ भने उम्मेदवार र तिनका प्रतिनिधिहरू मतगणनाको प्रतिक्षामा छन्।





